Showing posts with label News. Show all posts
Showing posts with label News. Show all posts

Tuesday, May 5, 2020

किम जोङ उन सक्कली कि नक्कली ? सुरु भयो नयाँ बहस

उत्तर कोरियाली शासक किम जोङ उन पछिल्लो दिन प्योङ्गयाङमा २० दिनपछि देखिए । यससँगै थुप्रै हप्तासम्म चलेको उनीबारेको अफवाहमाथि अब बिराम लाग्ने अनुमान गरिएको थियो । तर यस्तो हुन सकेन । 
किमका जुन तस्बिर सार्वजनिक भए त्यसबारे सोसल मिडियामा बहस सुरु भएको छ । वास्तवमा, किमको रुपमा सार्वजनिक भएका ती व्यक्ति वास्तविक किम नभई उनका ‘बडी डबल’ भएको दाबी गरिएको छ । यद्यपि, यसमा कत्तिको वास्तविकता छ, त्यो भन्न मुश्किल छ ।
किमले आफ्ना बडी डबल प्रयोग गर्ने गरेको तथ्य कसैबाट लुक्न सकेको छैन,’ इन्टरनेशनल बिजनेस टाइम्स (आइबीटी)ले भन्यो ।
सन् २०१७ मा सनले किम जोङ उनले आफ्ना केही बडी डबललाई भेटेको भिडियो सार्वजनिक गरेको थियो ।
आइबीटीका अनुसार मानवाधिकारकर्मी जेनिफर जेङले यी दुई बीचको भिन्नताबारे पहिलो पटक कुरा गरेपछि यसले धेरैको ध्यान आकृष्ट गरेकोहो ।
‘मे १ मा देखिएका किम जोङ उन सक्कली हुन् ?’ उनले ट्वीटरमा किमका नयाँ र पुराना तस्बिरबीच गरिएको तुलनासहितको तस्बिर पोस्ट गर्दै सोधिन् ।
दाँतमा भिन्नताः
सोसल मिडियामा सेयर गरिएको तस्बिरलाई ट्वीट गर्दै बेलायतकी लुईजी मेन्सले पनि सार्वजनिक भएका व्यक्ति किम नभएको दाबी गरेकी छिन् । यी दुई तस्बिरमा किमको दाँतमा स्पष्ट भिन्नता देख्न सकिन्छ जसको आधारमा यी दुई व्यक्ति भिन्न भएको बताइएको छ । यद्यपि, यसमा जुन नक्कली कम बताइएको छ, त्यो तस्बिर एडिट गरिएको पनि दाबी गरिएको छ किनभने त्यो प्योङ्गयाङमा खिचिएको ताजा तस्बिरसँग मेल खाँदैन ।
कान पनि भिन्नः
यसबाहेक किमको कान पनि भिन्न भएको बताइएको छ । पुरानो र नयाँ तस्बिरमा कानको लोती भिन्न देखिएको छ । यद्यपि, अन्य केहीले दाबी गरेअनुसार यो तस्बिर निकै पुरानो हो । त्यतिबेलादेखि अहिलेसम्म किमको अनुहारको बनोट अत्यधिक परिवर्तन भइसकेको छ ।
शल्यक्रियाको दाबीः
सबैभन्दा धेरै चर्चा सायद किमको नाडीमा देखिएको चिन्हको विषयमा भइरहेको छ । उक्त दाग अथवा चिन्ह शल्यक्रियाको हो भन्ने अड्कलबाजी गरिएको छ । शल्यक्रियापछि नै उनको स्वास्थ्य खराब भएको भन्ने अफवाह उडेको थियो । यहाँसम्म कि कतिले त उनको मृत्यु नै भइसकेको दाबी गरेका थिए । यद्यपि, दक्षिण कोरियाले उनको कुनै पनि शल्यक्रिया नभएको दाबी गरेको छ ।

Monday, May 4, 2020

लकडाउन खुकुलो बनाउने तयारी, काठमाडौं तत्काल नखुल्ने

कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समिति बैठकले गृह मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई लकडाउनको मोडालिटी कस्तो बनाउने भनेर खाका तयार गर्न निर्देशन दिएको छ।

सोमबार सिंहदरबारमा बसेको समिति बैठकमा लकडाउनको मोडालिटीबारे छलफल भएको थियो।
‘बैठकले भोलि समितिमा खाका पेश गर्न ती मन्त्रालयलाई भनेको छ। सोही सुझावको आधारमा मन्त्रिपरिषद् बैठकमा पेश गर्नेछ’,समिति बैठकमा उपस्थित एक मन्त्रीले भने।
अवस्था र सुरक्षा सतर्कता हेरी अन्य ठाउँलाई खुलाउने/कडा बनाउने तयारी गरे पनि तत्काल काठमाडौंलाई भने ‘हाइरिस्क’मै राखिने ती
मन्त्रीले बताए।
पछिल्लो पटक थपिएको लकडाउनको समय वैशाख २५ गते सकिँदैछ।

‘लकडाउन खुकुलो बनाउने तयारी छ। ठाउँको अवस्था हेरी ग्रीन जोन, रेड जोन, एल्लो जोन गरी छुट्याइने छ। यद्यपी काठमाडौं ग्रीन जोन मै परे पनि तत्काल काठमाडौंमा लकडाउन नखुलाउने छलफल भयो,’ ती मन्त्रीले भने।c&p

स्थानीयवासी र प्रहरीबीच झडप हुँदा चार जना घाइते

सिरहा नगरपालिका– ७ फूलबडियामा आज स्थानीयवासी र प्रहरीबीच झडप हुँदा चार जना घाइते भएका छन्।



राहत लिनेको सूचीमा धनी व्यक्तिको नाम समावेश भएको भन्दै स्थानीयवासीले राहत वितरण गर्ने टोलीमाथि ढुङ्गामुढा गर्न थालेपछि प्रहरी र स्थानीयवासीबीच झडप भएको हो।
झडपका क्रममा प्रहरीले भीडलाई तितरवितर पार्न तीन राउण्ड हवाई फायर र आधा दर्जन राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। झडपका क्रममा चार जना स्थानीयवासी सामान्य घाइते भएको र उनीहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ।
यता वडाध्यक्ष यादवले कुनै पूर्वाग्रह नराखी निष्पक्ष तरिकाले वास्तविक विपन्न, गरिब परिवारलाई राहत वितरण गर्न खोज्दा राजनीतिरुपमा विवाद सिर्जना गर्न खोजिएको बताउनुभयो । यसअघि मिर्चैया नगरपालिकाको अन्य वडामा पनि राहत वितरण गर्ने क्रममा विवाद भएको थियो।

मिर्चैया नगरपालिका वडा नं ७ का वडाध्यक्ष रामकुमार यादवले राहत पाउनेको सूचीमा आफ्ना आसेपासेको नाम मात्रै समावेश गरी राहत वितरण गर्न थालेकाले विरोधमा उत्रेका स्थानीयवासी रामेश्वर यादवले बताए।
वडाध्यक्ष यादवले मनोमानी ढङ्गले विपन्नको नामावली सङ्कलन गरेर राहत वितरण गर्न थालेको विरुद्धमा स्थानीयवासी ओर्लिएपछि प्रहरी र स्थानीयवासीबीच झडप भएको उनको भनाइ छ।c&p

Sunday, May 3, 2020

लकडाउनको पालना र भारतसँगको सीमामा आवातजावत कडाइ

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको पालना र भारतसँगको सीमामा आवातजावत कडाइ गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका छन्।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले कोरोनाभाइरसको संक्रमण रोक्न र मृत्युदर शुन्यमा झार्ने एउटै विकल्प लकडाउन भएकाले त्यसको कडाइसाथ पालना गराउन गृहमन्त्रीलाई निर्देशन दिएका हुन्।


‘अहिलेसम्म नेपालमा कोरोनाभाइरसबाट कसैको मृत्यु भएको छैन। हामीले संक्रमण शुन्यमा झार्ने पनि लकडाउन पालना गरेरै हो प्रधानमन्त्रीको भनाइ ।
‘अहिले नाकाहरू सिल गरिएको छ तर लुकिछिपी मान्छेहरू आइरहेका छन् भन्ने कुरा आएको छ। दुबै देशका समकक्षी अधिकारीहरूसँग कुरा गरेर सीमामा थप कडाइ गर्न निर्देशन दिनुभयो,’ ती मन्त्रीले भने।
सरकारले चैत ११ गते देशव्यापी लकडाउन गरेको छ। पछिल्लो समय थपिएको लकडाउनको अवधि वैशाख २५ गते सकिँदैछ।
The two provisions in the Bill appear to be upsetting the banks as well as other entities. After the banking business looks to be severely affected, the bankers are scheduled to hold discussions with the regulator Nepal Rastra Bank.

Anil Sharma, chief executive of the bankers’ union said, “Some issues appear to affect banks as well. Our liaison body is the Nepal Rastra Bank, we are talking to them to deal with the issue.”

Banks are seen to be affected by Articles 68 and 89 of the Information Technology Bill. Article 68 of the Bill provides for information security. It states in the sub-article three: The information filtered, transmitted and stored by the governmental, public, financial and health agencies, should be protected such that the information isn’t leaked outside Nepal.
Some of the bank’s information has to be sent abroad,” Sharma said. This will cause the external banking business to collapse. The transaction details of remittance, e-commerce, and other forms of Nepali banks are out-sourced. The core banking system of foreign partnership banks outside of the nation.

“Banks are going to face a huge impact if the data is not sent out,” Sharma said. It is not possible to keep everything in Nepal and, if possible, the cost is too expensive. He said that while the world is slowly moving to the cloud, Nepal has created a system of disagreement.

Article 89 of the Bill, which requires the permission of the equipment before use, also makes it difficult for the banking industry. Banks are buying different types of software and equipment to provide their services. GoAML software is soon to be implemented from Magh 1. The new software is also being added for remittance services.

Banks should now get approval from the Ministry of Communication and information technology to buying every software. “The private sector has to wait for the approval,” Sharma said, adding that the private sector’s work would also be delayed, and it would be difficult to get approval in every business.

After the Information Technology Bill is creating problems for the banks, the union is going to put forward its concerns with the Rastra Bank in writing. “After informing the NRB, it will take the initiative on its behalf,” Sharma said, adding that “The ambiguity may increase once the bill becomes fully active. On the contrary, practical difficulties will be reduced if proper action is taken soon.”

Friday, May 1, 2020

रूपन्देही र नेपालगन्जमा पनि कोरोना संक्रमित भेटिए

नेपालमा थप दुईजनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित रुपन्देही र नेपालगंजका रहेका छन्।

संक्रमित २५ वर्ष र ६० वर्षका पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ।दुबैजनाको स्वास्थ्य अवस्था हाल सामान्य रहेतापनि उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

Thursday, April 30, 2020

जिल्ला अस्पताल अछामको आइसोलेसन कक्षमा उपचाररत महिलाको मृत्यु भएको छ


कैलाली जिल्ला अस्पताल अछामको आइसोलेसन कक्षमा उपचाररत महिलाको मृत्यु भएको
कोरोनाको आशंकामा अस्पतालमा भर्ना भएकी ५१ बर्षकी देबु सार्कीको बिहीबार बिहान मृत्यु भएको हो मंगलसेन नगरपालिका कि ती महिलालाई केही समय पहिले कोरोना भाइरस संक्रमणको आशंकामा अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो

उनको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना एन्टीबडी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अछामका प्रहरी प्रमुख डीएसपी दीपक भारतीले जानकारी दिए प्रयोगशालामा कोरोना परीक्षण गर्न पठाइए पनि रिपोर्ट आएको छैन


Wednesday, April 29, 2020

दक्षिण काेरियामा भवनमा आगलागी, कम्तीमा ३८ जनाकाे ज्यान गयाे

काठमाण्डाै – दक्षिण कोरियामा निर्माणाधिन भवनमा आगलागी हुँदा कम्तीमा ३८ जनाको ज्यान गएको छ ।

आगलागीमा अन्य १० जना घाइते भएका छन् । राजधानी सियोलबाट दक्षिणमा पर्ने इचिओन शहरको निर्माणाधिन भवनमा प्रज्वलनशील सामग्री विस्फोट हुँदा कम्तीमा ३८ जनाको ज्यान गएको दक्षिण कोरियाली संचार माध्यमले जनाएका छन् ।
एक जना अझै हराइरहेकाे बताइएकाे छ । ७८ जनाले काम गरिरहेकाले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्ने अनुमान छ । 

बलिवुड अभिनेता इरफान खानको निधन

बलिउड अभिनेता इरफान खानको निधन भएको छ।  ५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको हो। उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो। 
उनको निधनको समाचार निर्देशक सुजित सरकारले ट्वीटबाट दिएका हुन्। 
जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खान थिएटरबाट सिनेमाबाट आएका थिए। उनको अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको अंग्रेजी मिडियम हो। 
गत शनिबार उनकी आमाको निधन भएको थियो।
खानले सलाम बम्बे, मक्बुल, पानसिंङ तोमार, द लञ्च बक्स, पिकु, तलबार, हिन्दी मिडियमजस्ता चर्चित सिनेमामा अभिनय गरेका थिए। 
बलिउडमात्र होइन खानले स्लमडग मिलिनियर्स, जुरासिक वर्ल्ड, द अमेजिङ स्पाइडर म्यान र लाइफ अफ पाईजस्ता अन्तर्राष्ट्रिय ब्लकबस्टर सिनेमामा काम गरेका थिए। 
उनको स्वास्थ्य अवस्था किन बिग्रियो र उनको समस्या के हो र आईसीयूमा किन भर्ना गरियो, अहिले यसबारेमा कुनै जानकारी सार्वजनिक भइसकेको छैन । 
अस्पताल स्रोतले इरफान खानको स्वास्थ्य अवस्था बिग्रिएको र आईसीयूमा भर्ना गरेको बाहेर अरु जानकारी दिन मानेका छैनन् । इरफान खानका परिवारले पनि अधिकारिक रुपमा अरु केही बताएका छैनन् । 
इरफान खानका एक प्रवत्ताले निकालेको बयानमा भनिएको छ, ‘इरफान खानलाई मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना गरिएको कुरा साँचो हो । उनलाई कोलन इन्फेक्शन भएको छ । हामी सबै उनको बारेमा जानकारी दिइरहनेछौँ । अहिले उनी डाक्टरको निगरानीमा छन् । उनको शक्ति र साहसले उनलाई बिमारीसँग लड्न मद्दत गरिरहेको छ । उनको अपार इच्छा शक्ति र उनका चाहनेहरुको माया र आशीर्वादले उनी चाँडै नै ठिक हुनेछन् ।’
स्वास्थ्य धेरै बिग्रिएको कारण इरफानलाई आईसीयूमा भर्ना गरिएको एक नजिकको स्रोतले नाम नबताउने शर्तमा भने । 
गएको वर्ष सन् २०१९ मा इरफान खान लण्डनमा उपचार गराएर फर्किएपछि कोकिलाबेन अस्पतालका डाक्टरको रेखदेखमा रहेका थिए । 
फिल्म ‘अङ्ग्रेजी मिडियम’ का क्रममा उनको स्वास्थ्य स्थिति बिग्रिएको बताइन्छ । यस कारण कैयौँ पटक शुटिङ नै रोकिएको थियो । जब इरफान खान राम्रो भएको महसुस गर्थे तब शुटिङ हुन्थ्यो । भर्खरै मात्र इरफान खानकी आमा सईदा बेगमको जयपुरमा निधन भएको थियो । 
लकडाउनका कारण इरफान खान आफ्नी आमाको अन्तिम संस्कारमा सहभागी हुन पाएनन् । उनले भिडियो कलमार्फत उपस्थिति जनाएको बताइएको छ । 
५४ वर्षीय इरफान न्युरोएन्डोक्राइन ट्युमरबाट पीडित छन् । उनी विदेशमा यो बिमारीको उपचार गराइरहेका थिए र भर्खरै मुम्बई फर्किएका थिए । 
दुई वर्षअघि सन् २०१८ मा इरफानले आफूमा बिमारी रहेको थाहा पाएका थिए । उनी आफैले यो खबर शेयर गरेका थिए । 
उनले ट्विट गरेका थिए, ‘जिन्दगी अचानक केही यस्तो हुन्छ, जसले तपाईँलाई अघि लिएर जान्छ । मेरो जिन्दगीमा पछिल्लो कही दिन यस्तै भइरहेको छ । मलाई न्युरोएन्डोक्राइन ट्युमर नामक बिमारी भएको छ । मेरा नजिकका आफन्तको माया र साहसले मलाई आश जगाएको छ ।’
बिमारीको बारेमा थाहा पाएपछि इरफान उपचारको लागि लण्डन गएका थिए । त्यहाँ झण्डै एक वर्ष रहे र २०१९ मार्चमा भारत फर्किएका थिए । 

Tuesday, April 28, 2020

बिदामा नेपाल गएकालाई कोरिया ल्याइने

कोरोना माहामारीअघि बिदा लिएर दक्षिण कोरियाबाट नेपाल पुगेका नेपाली श्रमिक, विद्यार्थी तथा व्यवसायीलाई नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत कोरिया फर्काउन सहयोग गरिने भएको छ।

एनआरएनए केन्द्रीय कमिटी र नेपाल एयरलायन्सबीच सोमबार एक सम्झौता भएको एनआरएनए कोरियाका महासचिव डा विमल सुवेदीले जानकारी दिए।
उनका अनुसार पहिलो चरणमा अप्रिल ३० तारिखमा फ्लाइट हुनेछ। जसमा भिसा सकिन लागेकालाई प्रथमिकता दिई उडाइनेछ।


विशेषगरी लकडाउन हुनुअघि दक्षिण कोरियाबाट छोटो अवधिको बिदा लिएर नेपाल पुगेका नेपाली श्रमिक समयमै फर्किन नसक्दा भिसा नै रद्द हुने हो कि भन्ने चिन्ता थपिएको थियो।
जसका लागि सहयोग गर्न यहाँको एनआरएनए, सामाजिक तथा व्यवसायी सङ्गठनहरूले नेपाल सरकारलाई अनुरोध गरेका थिए।
अनुरोधबमोजिम नेपाल सरकारले मन्त्रिपरिषद्को बैठकबाटै लकडाउन अवधिमा भए पनि कोरिया सरकारसँग छलफल गरी फर्कनुपर्ने नेपालीलाई कोरिया फर्कन मिल्ने निर्णय गरेको थियो। निर्णयपश्चात एनआरएनए कोरियाले नेपाल एयरलाइन्ससँग विमान चार्टर्ड गर्ने सम्झौता गरेको हो।

यसरी फर्किने श्रमिकले टिकटवापत एक लाख १३ हजार ७७५ रुपैयाँ अप्रिल २९ तारिख दिउँसो २ बजेभित्र बुझाउनुपर्ने हुन्छ। कोरिया फर्केपछि अनिवार्यरूपमा १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्नुपर्छ।
सेल्फ क्वारेन्टाइनको व्यवस्था गर्न नसक्नेहरूले इन्छन एयरपोर्टको हेल्प डेस्कमा सम्पर्क गरी दिनको एक लाख कोरियन वन तिरेर क्वारेन्टाइनको सुविधा लिनसक्ने पनि बताइएको छ। कुनै समस्या वा जानकारी लिनुपर्ने भए एनआरएनए कोरियाका प्रतिनिधिसँग सम्पर्क गर्न पनि भनिएको छ।

राैतहटमा थप दुई जनामा काेराेना सङ्क्रमण पुष्टि

रौतहटमा थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले रौतहटका थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताउनुभएको हो ।

यसबारे आधिकारिक जानकारी साँझको नियमित पत्रकार सम्मेलनमा दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव कोइरालाले जानकारी दिनुभय ।
जनकपुरमा कोरोना सङ्क्रमणको पीसीआर परीक्षणमा नेगेटिभ देखिएका दुई जनामा काठमाण्डौमा गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

रौतहटको वृन्दावन नगरपालिका-९ को भुसहा र देवाही गोनाही नगरपालिका-१ मा गरी दुई जनामा कोरोनाको सङ्क्रमणको पुष्टि भएको हो । 
दुवै जनालाई प्रदेशको निर्देशनअनुसार वीरगंज कोरोना अस्थायी अस्पतालको रुपमा बनाइएको नारायणी उपक्षेत्रीय अस्पतालमा आइसोलेसनमा राखी थप उपचार गर्न लगिँदैछ ।
वृन्दावन-९, भुसहाका २४ वर्षीय युवक भारतबाट आएर चन्द्रपुरको क्वरेण्टीनमा १५ दिन बसेर गएको वैशाख ६ गते नै डिस्चार्ज भइसकेका छन् । 
गत चैत २६ मा उनको स्वाब लिइएको र जनकपुरले नेगेटिभ देखाएपछि क्वरेण्टीनमा १५ बसी घर फर्केका थिए । काठमाडौबाट पुष्टि भएपछि पूरै गाउँलाई नै सिल गरिने तयारी भएको बुझिएको छ ।
यसै गरी देवाही गोनाहीको धरहरीस्थित क्वरेण्टीनमा बसेका ३५ वर्पीय युवकमा पनि कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएका युवक अहिलेसम्म क्वरेण्टीनमा नै रहेको र वीरगञ्ज पठाउने तयारी भइरहेको देवाही गोनाही नगरपालिकाका स्वास्थ्य संयोजक नागेन्द्रप्रसाद कुशवाहाले जानकारी दिनुभयो । 
कोरोनाको पुष्टि भएका दुवै क्षेत्रलाई सिल गर्ने तयारी भइरहेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले कोरोना पुष्टिबारे आधिकारिक जानकारी नआएको भए पनि निर्देशन अनुसार आन्तरिक तयारी गरिरहेको बताएको छ । 
रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जिल्लामा थप दुई जनामा कोरोना पुष्टि भएको विषयमा आफूलाई औपचारिक जानकारी नआएको बताएका छन् । 

Monday, April 27, 2020

जंगली रतुवाको सिकार गर्ने ५ जना पक्राउ

जंगली रतुवाको सिकार गर्ने ५ जना पक्राउ
दाङ — डिभिजन वन कार्यालय दाङबाट गएको गस्ती टोलीले दाङको शान्तिनगर गाउँपालिका २ अम्मुवामा रतुवाको सिकार गरी बाँडिरहेको अवस्थामा सोमबार दिउँसो ५ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई रतुवाको मासुसहित अनुसन्धानका लागि डिभिजन वन कार्यालयमा ल्याएको निमित्त डिभिजनल वन अधिकृत धरणीधर चौधरीले जानकारी दिए ।


वन क्षेत्र नजिकैको खोल्सामा रतुवा देखेपछि त्यहाँ वरपरका स्थानीयहरु जम्मा भई खुर्पा, ढुङ्गा, गुलेली प्रयोग गरी मारेको भन्ने खुल्न आएको चौधरीले बताए । मारीसकेपछि गाउँलेहरुले मासु भागबन्डा गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ पर्नेहरुमा शान्तिनगर गाउँपालिका २ अम्मुवाका रामबहादुर नेपाली, कलबहादुर भण्डारी, दिलबहादुर दमाई, तुलसीराम वली, ओपेन्द्रबहादुर भण्डारी रहेका छन् ।
घटनाबारे अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए ।