Wednesday, April 29, 2020

दक्षिण काेरियामा भवनमा आगलागी, कम्तीमा ३८ जनाकाे ज्यान गयाे

काठमाण्डाै – दक्षिण कोरियामा निर्माणाधिन भवनमा आगलागी हुँदा कम्तीमा ३८ जनाको ज्यान गएको छ ।

आगलागीमा अन्य १० जना घाइते भएका छन् । राजधानी सियोलबाट दक्षिणमा पर्ने इचिओन शहरको निर्माणाधिन भवनमा प्रज्वलनशील सामग्री विस्फोट हुँदा कम्तीमा ३८ जनाको ज्यान गएको दक्षिण कोरियाली संचार माध्यमले जनाएका छन् ।
एक जना अझै हराइरहेकाे बताइएकाे छ । ७८ जनाले काम गरिरहेकाले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्ने अनुमान छ । 

No comments:

Post a Comment