Monday, April 27, 2020

जंगली रतुवाको सिकार गर्ने ५ जना पक्राउ

जंगली रतुवाको सिकार गर्ने ५ जना पक्राउ
दाङ — डिभिजन वन कार्यालय दाङबाट गएको गस्ती टोलीले दाङको शान्तिनगर गाउँपालिका २ अम्मुवामा रतुवाको सिकार गरी बाँडिरहेको अवस्थामा सोमबार दिउँसो ५ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई रतुवाको मासुसहित अनुसन्धानका लागि डिभिजन वन कार्यालयमा ल्याएको निमित्त डिभिजनल वन अधिकृत धरणीधर चौधरीले जानकारी दिए ।


वन क्षेत्र नजिकैको खोल्सामा रतुवा देखेपछि त्यहाँ वरपरका स्थानीयहरु जम्मा भई खुर्पा, ढुङ्गा, गुलेली प्रयोग गरी मारेको भन्ने खुल्न आएको चौधरीले बताए । मारीसकेपछि गाउँलेहरुले मासु भागबन्डा गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ पर्नेहरुमा शान्तिनगर गाउँपालिका २ अम्मुवाका रामबहादुर नेपाली, कलबहादुर भण्डारी, दिलबहादुर दमाई, तुलसीराम वली, ओपेन्द्रबहादुर भण्डारी रहेका छन् ।
घटनाबारे अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए ।

No comments:

Post a Comment