Tuesday, April 28, 2020

राैतहटमा थप दुई जनामा काेराेना सङ्क्रमण पुष्टि

रौतहटमा थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले रौतहटका थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताउनुभएको हो ।

यसबारे आधिकारिक जानकारी साँझको नियमित पत्रकार सम्मेलनमा दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव कोइरालाले जानकारी दिनुभय ।
जनकपुरमा कोरोना सङ्क्रमणको पीसीआर परीक्षणमा नेगेटिभ देखिएका दुई जनामा काठमाण्डौमा गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

रौतहटको वृन्दावन नगरपालिका-९ को भुसहा र देवाही गोनाही नगरपालिका-१ मा गरी दुई जनामा कोरोनाको सङ्क्रमणको पुष्टि भएको हो । 
दुवै जनालाई प्रदेशको निर्देशनअनुसार वीरगंज कोरोना अस्थायी अस्पतालको रुपमा बनाइएको नारायणी उपक्षेत्रीय अस्पतालमा आइसोलेसनमा राखी थप उपचार गर्न लगिँदैछ ।
वृन्दावन-९, भुसहाका २४ वर्षीय युवक भारतबाट आएर चन्द्रपुरको क्वरेण्टीनमा १५ दिन बसेर गएको वैशाख ६ गते नै डिस्चार्ज भइसकेका छन् । 
गत चैत २६ मा उनको स्वाब लिइएको र जनकपुरले नेगेटिभ देखाएपछि क्वरेण्टीनमा १५ बसी घर फर्केका थिए । काठमाडौबाट पुष्टि भएपछि पूरै गाउँलाई नै सिल गरिने तयारी भएको बुझिएको छ ।
यसै गरी देवाही गोनाहीको धरहरीस्थित क्वरेण्टीनमा बसेका ३५ वर्पीय युवकमा पनि कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएका युवक अहिलेसम्म क्वरेण्टीनमा नै रहेको र वीरगञ्ज पठाउने तयारी भइरहेको देवाही गोनाही नगरपालिकाका स्वास्थ्य संयोजक नागेन्द्रप्रसाद कुशवाहाले जानकारी दिनुभयो । 
कोरोनाको पुष्टि भएका दुवै क्षेत्रलाई सिल गर्ने तयारी भइरहेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले कोरोना पुष्टिबारे आधिकारिक जानकारी नआएको भए पनि निर्देशन अनुसार आन्तरिक तयारी गरिरहेको बताएको छ । 
रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जिल्लामा थप दुई जनामा कोरोना पुष्टि भएको विषयमा आफूलाई औपचारिक जानकारी नआएको बताएका छन् । 

No comments:

Post a Comment