Monday, January 25, 2016

यो एप्सले २० एमबी प्रति सेकेन्डको स्पीडले फाइल ट्रान्सफर गर्छ

यो एप्सले २० एमबी प्रति सेकेन्डको स्पीडले फाइल ट्रान्सफर गर्छ
गुगल प्ले स्टोरमा विभिन्न यस्ता एप्स छन् जसका मद्दतले हामी धेरै साइज भएको फाइल एकै छिनमा ट्रान्सफर गर्न सक्छौं। यी एप्सले २० एमबी प्रति सेकेन्डको स्पीडले फाइल ट्रान्सफर गर्छ। यो स्पीड भनेको ४ जीको डाउनलोड स्पीड भन्दा बढी हो। ४ जीको अधिक्तम डाउनलोड स्पीड १२ एमबी प्रति सेकेन्ड रहेकाे छ। केही फाइल ट्रान्सफर गर्ने एप्स-

 सेयर इट (Share it)
यो एपले सबै प्रकारको फाइल ट्रान्सफर गर्छ। ब्लुटुथको तुलनामा २ सय गुणा बढी स्पीडले फाइल ट्रान्सफर गर्छ र यसमा कुनै प्रकारको युएसबी, इन्टरनेटको प्रयोग हुँदैन। यो एपले एन्ड्रोइड, आईओएस, विन्डोज सबै अपरेटिङ सिस्टममा काम गर्छ। यस एपको साइज ५.१ एमबी रहेको छ।

सेयर क्लाउड (Share Cloud)
यस एपका माध्यमले एक पल्टमा धेरै फाइल सेयर गर्न सकिन्छ। फाइललाई गुगल ड्राइभमा पनि सेयर गर्न मिल्ने सुविधा छ। यस एपको साइज अपरेटिङ सिस्टममा भर पर्छ। 
सी सेयर (C Share)  
यस एपबाट भिडियो, अडियो, फाटो आदी सबै प्रकारका फाइल सेयर गर्न सकिन्छ। १ सय मिटरको दुरीबाट पनि फाइल ट्रान्सफर गर्न सकिन्छ। रेन्ज भएको समयमा फोनलाई अाँफै सर्च गर्छ। यस एपको साइज २.८ एमबी छ। यस एपलाई प्रयोग गर्न फोनमा एन्ड्रोइड २.३ भन्दा बढीको अपरेटिङ सिस्टम हुनु पर्छ। 

सेयर एप्स (Share Apps)
यस एपले एकैपल्टमा धेरै एप्लिकेशन सेयर गर्छ। सेयर गरिएका फाइल सिधै मेमोरी कार्डमा सेभ हुन्छन्। यसमा कुनै पनि सेयर गरिएका एप्सको प्ले स्टोर लिंक हेर्न सकिन्छ। यस एपको साइज २.३ एमबी छ र प्रयोग गर्न फोनमा एन्ड्रोइड २.३ भन्दा बढीको अपरेटिङ सिस्टम हुनु पर्छ।

 जेन्डर (Xender)यस एपमा ग्रुप बनाएर एकै साथ ४ वटा डिभाइसमा फाइल सेयर गर्न सकिन्छ। यस एपको साइज ८.१ एमबी छ। एपलाई प्रयोग गर्न फोनमा एन्ड्रोइड २.३ भन्दा बढीको अपरेटिङ सिस्टम हुनु पर्छ।


No comments:

Post a Comment