Tuesday, May 5, 2020

किम जोङ उन सक्कली कि नक्कली ? सुरु भयो नयाँ बहस

उत्तर कोरियाली शासक किम जोङ उन पछिल्लो दिन प्योङ्गयाङमा २० दिनपछि देखिए । यससँगै थुप्रै हप्तासम्म चलेको उनीबारेको अफवाहमाथि अब बिराम लाग्ने अनुमान गरिएको थियो । तर यस्तो हुन सकेन । 
किमका जुन तस्बिर सार्वजनिक भए त्यसबारे सोसल मिडियामा बहस सुरु भएको छ । वास्तवमा, किमको रुपमा सार्वजनिक भएका ती व्यक्ति वास्तविक किम नभई उनका ‘बडी डबल’ भएको दाबी गरिएको छ । यद्यपि, यसमा कत्तिको वास्तविकता छ, त्यो भन्न मुश्किल छ ।
किमले आफ्ना बडी डबल प्रयोग गर्ने गरेको तथ्य कसैबाट लुक्न सकेको छैन,’ इन्टरनेशनल बिजनेस टाइम्स (आइबीटी)ले भन्यो ।
सन् २०१७ मा सनले किम जोङ उनले आफ्ना केही बडी डबललाई भेटेको भिडियो सार्वजनिक गरेको थियो ।
आइबीटीका अनुसार मानवाधिकारकर्मी जेनिफर जेङले यी दुई बीचको भिन्नताबारे पहिलो पटक कुरा गरेपछि यसले धेरैको ध्यान आकृष्ट गरेकोहो ।
‘मे १ मा देखिएका किम जोङ उन सक्कली हुन् ?’ उनले ट्वीटरमा किमका नयाँ र पुराना तस्बिरबीच गरिएको तुलनासहितको तस्बिर पोस्ट गर्दै सोधिन् ।
दाँतमा भिन्नताः
सोसल मिडियामा सेयर गरिएको तस्बिरलाई ट्वीट गर्दै बेलायतकी लुईजी मेन्सले पनि सार्वजनिक भएका व्यक्ति किम नभएको दाबी गरेकी छिन् । यी दुई तस्बिरमा किमको दाँतमा स्पष्ट भिन्नता देख्न सकिन्छ जसको आधारमा यी दुई व्यक्ति भिन्न भएको बताइएको छ । यद्यपि, यसमा जुन नक्कली कम बताइएको छ, त्यो तस्बिर एडिट गरिएको पनि दाबी गरिएको छ किनभने त्यो प्योङ्गयाङमा खिचिएको ताजा तस्बिरसँग मेल खाँदैन ।
कान पनि भिन्नः
यसबाहेक किमको कान पनि भिन्न भएको बताइएको छ । पुरानो र नयाँ तस्बिरमा कानको लोती भिन्न देखिएको छ । यद्यपि, अन्य केहीले दाबी गरेअनुसार यो तस्बिर निकै पुरानो हो । त्यतिबेलादेखि अहिलेसम्म किमको अनुहारको बनोट अत्यधिक परिवर्तन भइसकेको छ ।
शल्यक्रियाको दाबीः
सबैभन्दा धेरै चर्चा सायद किमको नाडीमा देखिएको चिन्हको विषयमा भइरहेको छ । उक्त दाग अथवा चिन्ह शल्यक्रियाको हो भन्ने अड्कलबाजी गरिएको छ । शल्यक्रियापछि नै उनको स्वास्थ्य खराब भएको भन्ने अफवाह उडेको थियो । यहाँसम्म कि कतिले त उनको मृत्यु नै भइसकेको दाबी गरेका थिए । यद्यपि, दक्षिण कोरियाले उनको कुनै पनि शल्यक्रिया नभएको दाबी गरेको छ ।

No comments:

Post a Comment