Friday, July 3, 2020

लायन्स ओरिन्टेसन एण्ड मोटिभेसनल कार्यक्रम सम्पन्न

लायन्स कल्ब अफ नवलपरासी दाउन्नेले यहि मिति २०७७/३/१८ गते बिहिवारका दिन रातको १० बजे सम्म लायन्स ओरिन्टेसन एण्ड मोटिभेसनल कार्यक्रम सम्पन्न गरेको छ ।

हामी "सेवा गर्छौ" भन्ने मुल भाव बाट प्रेरित यस लायन्स क्लबमा यस क्षेत्रका युबा हरु लाई लक्षित गरि लायन्स के हो? किन लायन्समा लाग्ने? यसमा लागेर के के प्राप्त गर्ने? यसले के काम गर्छ ? जिवनमा लायन्सको के महत्त्व छ ? लगायत का कुरा हरु बुझाइ यस प्रती लाग्न प्रेरित गर्न एवं यसमा लागेका  हरुलाई उर्जा थपि यो क्षेत्रको समाज बिकासमा एक इट्टा थप्ने यो कार्यक्रमको मुख्य उदेश्य रहेको थियो ।


अध्यक्ष लायन रामचन्द्र अधिकारी ज्युको अध्यक्षता रहेको उक्त कार्यक्रममा लायन्स कल्ब इन्टरनेशनल 325 B2 नेपाल का डिस्ट्रीक गभर्नर Mjf लायन शम्भु नकर्मी ज्यूको प्रमुख आतिथ्यता,Trainer and Motivational Mjf लायन D.k. ढुङानाको बिशिस्ट आतिथ्यता लगायत  डिस्ट्रीक को-ओर्डिनेटर लायन श्याम बस्याल , डिस्ट्रीक चिफ लायन बिष्णु पौडेल एरिया चिफ द्वय  लायन सन्दिप कसौधन,लायन दिपेन्द्र यादव, रिजनजोन चियर पर्सन युबराज डुम्रे, विभिन्न लायन्स अध्यक्ष , लियो कल्ब अध्यक्ष हरु,लायन्स दाउन्नेका पुर्व अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रमबारे खुसी व्यक्त गर्दै प्रमुख अतिथिले अहिलेको यो विषम परिस्थिति बाट बिश्व गुज्रिएको बेला लायन्सले यसै संग संबंधित गतिविधिहरु बढी गर्नु पर्ने कुरामाथि जोड दिदै कार्यक्रमको प्रसंशा गर्नु भएको थियो भने Trainer mjf लायन DK ढुङ्गाना ले लायन्स बारे बताउँदै यसमा लाग्न र लागेका युवा हरुलाई उत्प्रेरित गर्नु भएको थियो कार्यक्रम बारे डिस्ट्रीक को-अर्डिनेटर लायन श्याम बस्याल ज्युले प्रस्ट पार्नु भएको थियो कार्यक्रम मा एरिया चिफ लायन सन्दिप कसौधन ज्यूले लायन्स एउटा सेवा भाव भएको कल्ब भएकोले युबा हरु यसमा लाग्न प्रेरित गर्नु भएको थियो,कार्यक्रममा स्वागत मन्तव्य लायन तिलक खनाल ,धन्यवाद मन्तव्य लायन युबराज डुम्रेले गर्नु भयो भने कार्यक्रमको होस्ट लायन मनोज सुवेदी ले गर्नु भएको थियो ।

Monday, May 25, 2020

उठ्ने बितिकै तातोपानी, मह र कागती मिसाएर खानुस्

पाचनलाई सुधार्नका लागि बिहान तातो पानीमा मह र कागती मिसाएर खानुपर्छ । यसले पेट सफा राख्न मद्दत गर्नुका साथै कलेजोमा रसको उत्पादनलाई बढाउँछ । यसबाट पाचन प्रक्रियामा मद्दत मिल्छ । कागतीमा रहेको एसिडले पाचन प्रणालीलाई मजबूत पार्न मद्दत गर्छ र अवाञ्छित विषाक्त पदार्थलाई बाहिर निकाल्छ । यसका अलावा महले एक एन्टीब्याक्टेरियलको रूपमा काम गर्छ र शरीरमा रहेको कुनै पनि प्रकारको संक्रमण हटाउँछ ।

—तातोपानीमा मह र कागती मिसाएर खानाले कब्जियतलाई समेत निको पार्छ । यसले आँतलाई प्रोत्साहित गरेर दिसा खलास गर्नमा सहयोग गर्छ । यसका अलावा यसले आन्त्र म्युकसलाई बढावा दिन्छ । सुख्खा भएको दिसालाई भिजाउँछ । यसले दिसा गर्न सहयोग गर्छ ।
—कागती, मह र तातो पानी पिउनाले मुख गन्हाउने समस्या समाधान हुन्छ । कागतीले आक्रामक ब्याक्टेरियालाई मारेर मुख शुद्ध गर्न मद्दत गर्छ । मुख गन्हाउने मुख्य कारण जिब्रोमा जमेको सेतो भाग (खाद्य तथा ब्याक्टेरियाका कारण यस्तो हुन्छ) पनि हो । कागतीसहितको यो मिश्रणले यस्तो सेतो भागलाई हटाएर मुख गन्हाउने समस्या प्राकृतिक रूपमा हटाउँछ ।
—महमा शक्तिशाली एन्टीब्याक्टेरियल गुण हुन्छ । यसमा कैयौँ प्रकारको संक्रमण हटाउने क्षमता हुन्छ । कागती, तातो पानी र महको मिश्रणले एक उत्कृष्ट मूत्रल (शरीरबाट पानी बाहिर निकाल्ने तत्व को रूपमा काम गर्छ । मूत्रमार्गलाई सफा गर्ने यो सबैभन्दा राम्रो तरिका हो । युटिआई या मूत्रमार्ग संक्रमणबाट पीडित महिलाका लागि यो मिश्रण वरदान सावित हुन्छ ।
—मह, कागती र तातोपानीको मिश्रण सेवन गर्नाले भोक पनि कम लाग्छ । यसमा फाइबर पाइन्छ, जसले भोक र सुगर लेबललाई कम गरी पर्याप्त इनर्जी प्रदान गर्छ । यसैले नियमित रूपमा बिहान यसको सेवन गर्नाले दिनभर खाने खानामा पनि कमी हुन्छ । जसबाट तौल घटाउन पनि मद्दत मिल्छ ।

Thursday, May 7, 2020

लायन्स क्लब अफ नवलपरासी दाउन्नेमा नयाँ नेतृत्व

बर्दघाट - नवलपारासी जिल्लाको पश्चिम "लायन्स कल्ब अफ नवलपरासी दाउन्नेको " आज बसेको वार्षिक साधारणसभा बाट नयाँ नेतृत्व चयन भयको छ ।
लायन्स क्लब अफ नवलपरासी दाउन्नेको वर्ष २०२०/०२१ को लागि अध्यक्ष पदमा लायन राम चन्द्र अधिकारी, प्रथम उपाध्यक्ष पदमा लायन तिलक खनाल, सचिव पदमा लायन भिम प्रसाद सुवेदी (मनोज) र कोषाध्यक्ष पदमा लायन रमेश कुमार श्रेष्ठ सर्वसम्मत नेतृत्वमा चयन भएका हुन ।
बाँकी पदहरुमा क्लबको बैठक बाट चयन गरिने निवर्तमान अध्यक्ष लायन युवराज डुम्रेले बताए ।
क्लबका अध्यक्ष लायन मनोज कुमार खनालको अध्यक्षता तथा क्लबका सचिव लायन तिलक खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो

Tuesday, May 5, 2020

फुर्सदमा पुरानो लुगाफाटोलाई कसरी नयाँ रुप दिने ?

हामीमध्ये धेरैजसो घरभित्र छौँ। फुर्सदमा छौँ । के गरेर दिन कटाउने ? घरमै कामधन्दा नभएकाहरुका लागि पट्यारलाग्दो अवस्था होला। जाँगर भए घरको बसाइँ दिक्क लाग्दो हुनेछैन । अनुत्पादक हुने छैन । जाँगर र सीप हुनुपर्छ । नयाँ-नयाँ रचनात्मक काम गरेर बस्न सकिन्छ।
अहिले हाम्रो लुगाफाटो धोइरहनुपर्ने अवस्था छैन । घर बाहिर निस्कनु नपर्ने भएकाले नयाँ लुगाको आवश्यक्ता पनि भएन । तर, हामीसँग यस्ता थुप्रै लुगाफाटो छन् । जो पुरानो भइसके । कतिपय त हामीले लगाउनै छाडिसक्यौँ । पुरानो लुगाफाटोले कोठालाई भद्दा बनाएको पनि हुनसक्छ ।

पुरानो लुगाफाटो के गर्ने ?
यसको केही विकल्प छन् । पहिलो, यसलाई पुनः प्रयोग गर्नका लागि तयार गर्ने । दोस्रो, लुगाको अभाव भएकाहरुलाई दिने । तेस्रो, रुमालदेखि भुइँ पुछ्ने सामग्रीसम्म बनाएर प्रयोग गर्ने ।
पुराना लुगा सिलाउने
हामीमध्ये कतिपयको बानी के हुन्छ भने लुगाफाटो थोरै फाट्यो वा रंग उड्यो भने उक्त लुगा लगाउन छाड्छौँ। पुरानो लुगा जतन गर्नुभन्दा नयाँ लुगा खरिद गर्न सजिलो ठान्छौँ। तर, यसले हाम्रो पारिवारिक व्ययभार बढाइरहेको हुन्छ । एक हिसाबले यो फजुल खर्च हो ।
हामीसँग भएका धेरै लुगा सिलाएर लगाउन सकिन्छ । अहिलेको फुर्सदमा त्यस्तै लुगाफाटोहरु खोजौँ, जो प्रयोग गर्न छाडिएको छ। सिलाउन मिल्ने किसिमको लुगाहरु सिलाएर राखौँ । अरु दिनमा हामीलाई यी लुगा काम लाग्नेछन् ।
नयाँ रुप दिने कि ?
त्यसो त पुरानो लुगालाई नयाँपन दिने अनेक तौर तरिका छन् । तपाईंसँग भएका ती लुगाफाटोलाई काटेर, छाटेर, मोडेर, टालटुल गरेर पनि नयाँ रुप दिन सक्नुहुन्छ । तर, यसका लागि मिहेनत भने गर्नुपर्छ । हेर्दा आकर्षक र सुहाउँदो देखिनुपर्छ ।
हातमा सिप भएका र फेसनमा रुचि भएकाहरुले त नयाँ लुगालाई पनि यसरी नयाँ रुप दिएर मात्र प्रयोग गर्छन् । बजारमा खरिद गर्नसाथ लगाउँदैनन्, त्यसलाई केही न केही मोड्ने वा जोड्ने काम गर्छन् । आफ्नो शरीर अनुसार फिट गर्छन् । यसरी तयार गरेको लुगा अरुकोभन्दा फरक देखिन्छ । आकर्षक र सुहाउँदो पनि ।
युट्युबबाट सिक्न सकिन्छ
इन्टरनेटको सुविधा भएको ठाउँमा धेरै कुरा सहज छ अहिले । लुगाफाटोलाई कसरी नयाँ रुप दिने भन्ने तौर तरिका पनि हामीले युट्युबमा हेरेर सिक्न सकिन्छ । कस्तो लुगालाई कस्तो डिजाइनमा बनाउन सकिन्छ भनेर जान्न सकिन्छ ।
युट्युबमा देखाए जस्तै दुरुस्तै हुनुपर्छ भन्ने छैन । त्यसबाट तौर तरिका सिकेर आफ्नै ढंगले नयाँ रुप दिन सकिन्छ । सियो-धागोकै भरमा पनि लुगालाई नयाँ-नयाँ रुपमा तयार गर्न सकिन्छ ।
थोत्रो कपडा के गर्ने ?
पुन: प्रयोग गर्न नमिल्ने कपडालाई पनि विभिन्न प्रयोगमा ल्याउन सकिन्छ । जस्तो रुमाल बनाउन सकिन्छ । भान्सा पुछ्ने वा भुँइ पुछ्ने बनाउन सकिन्छ । हस्तकलाको सामग्री पनि बनाउन सकिन्छ ।

किम जोङ उन सक्कली कि नक्कली ? सुरु भयो नयाँ बहस

उत्तर कोरियाली शासक किम जोङ उन पछिल्लो दिन प्योङ्गयाङमा २० दिनपछि देखिए । यससँगै थुप्रै हप्तासम्म चलेको उनीबारेको अफवाहमाथि अब बिराम लाग्ने अनुमान गरिएको थियो । तर यस्तो हुन सकेन । 
किमका जुन तस्बिर सार्वजनिक भए त्यसबारे सोसल मिडियामा बहस सुरु भएको छ । वास्तवमा, किमको रुपमा सार्वजनिक भएका ती व्यक्ति वास्तविक किम नभई उनका ‘बडी डबल’ भएको दाबी गरिएको छ । यद्यपि, यसमा कत्तिको वास्तविकता छ, त्यो भन्न मुश्किल छ ।
किमले आफ्ना बडी डबल प्रयोग गर्ने गरेको तथ्य कसैबाट लुक्न सकेको छैन,’ इन्टरनेशनल बिजनेस टाइम्स (आइबीटी)ले भन्यो ।
सन् २०१७ मा सनले किम जोङ उनले आफ्ना केही बडी डबललाई भेटेको भिडियो सार्वजनिक गरेको थियो ।
आइबीटीका अनुसार मानवाधिकारकर्मी जेनिफर जेङले यी दुई बीचको भिन्नताबारे पहिलो पटक कुरा गरेपछि यसले धेरैको ध्यान आकृष्ट गरेकोहो ।
‘मे १ मा देखिएका किम जोङ उन सक्कली हुन् ?’ उनले ट्वीटरमा किमका नयाँ र पुराना तस्बिरबीच गरिएको तुलनासहितको तस्बिर पोस्ट गर्दै सोधिन् ।
दाँतमा भिन्नताः
सोसल मिडियामा सेयर गरिएको तस्बिरलाई ट्वीट गर्दै बेलायतकी लुईजी मेन्सले पनि सार्वजनिक भएका व्यक्ति किम नभएको दाबी गरेकी छिन् । यी दुई तस्बिरमा किमको दाँतमा स्पष्ट भिन्नता देख्न सकिन्छ जसको आधारमा यी दुई व्यक्ति भिन्न भएको बताइएको छ । यद्यपि, यसमा जुन नक्कली कम बताइएको छ, त्यो तस्बिर एडिट गरिएको पनि दाबी गरिएको छ किनभने त्यो प्योङ्गयाङमा खिचिएको ताजा तस्बिरसँग मेल खाँदैन ।
कान पनि भिन्नः
यसबाहेक किमको कान पनि भिन्न भएको बताइएको छ । पुरानो र नयाँ तस्बिरमा कानको लोती भिन्न देखिएको छ । यद्यपि, अन्य केहीले दाबी गरेअनुसार यो तस्बिर निकै पुरानो हो । त्यतिबेलादेखि अहिलेसम्म किमको अनुहारको बनोट अत्यधिक परिवर्तन भइसकेको छ ।
शल्यक्रियाको दाबीः
सबैभन्दा धेरै चर्चा सायद किमको नाडीमा देखिएको चिन्हको विषयमा भइरहेको छ । उक्त दाग अथवा चिन्ह शल्यक्रियाको हो भन्ने अड्कलबाजी गरिएको छ । शल्यक्रियापछि नै उनको स्वास्थ्य खराब भएको भन्ने अफवाह उडेको थियो । यहाँसम्म कि कतिले त उनको मृत्यु नै भइसकेको दाबी गरेका थिए । यद्यपि, दक्षिण कोरियाले उनको कुनै पनि शल्यक्रिया नभएको दाबी गरेको छ ।

Monday, May 4, 2020

लकडाउन खुकुलो बनाउने तयारी, काठमाडौं तत्काल नखुल्ने

कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समिति बैठकले गृह मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई लकडाउनको मोडालिटी कस्तो बनाउने भनेर खाका तयार गर्न निर्देशन दिएको छ।

सोमबार सिंहदरबारमा बसेको समिति बैठकमा लकडाउनको मोडालिटीबारे छलफल भएको थियो।
‘बैठकले भोलि समितिमा खाका पेश गर्न ती मन्त्रालयलाई भनेको छ। सोही सुझावको आधारमा मन्त्रिपरिषद् बैठकमा पेश गर्नेछ’,समिति बैठकमा उपस्थित एक मन्त्रीले भने।
अवस्था र सुरक्षा सतर्कता हेरी अन्य ठाउँलाई खुलाउने/कडा बनाउने तयारी गरे पनि तत्काल काठमाडौंलाई भने ‘हाइरिस्क’मै राखिने ती
मन्त्रीले बताए।
पछिल्लो पटक थपिएको लकडाउनको समय वैशाख २५ गते सकिँदैछ।

‘लकडाउन खुकुलो बनाउने तयारी छ। ठाउँको अवस्था हेरी ग्रीन जोन, रेड जोन, एल्लो जोन गरी छुट्याइने छ। यद्यपी काठमाडौं ग्रीन जोन मै परे पनि तत्काल काठमाडौंमा लकडाउन नखुलाउने छलफल भयो,’ ती मन्त्रीले भने।c&p

‘पिठोमा पैसा राख्ने मानिस म होइन’ - आमिर खान

बलिउड नायक आमिर खानको विषयमा केही दिनयता सामाजिक सञ्जालमा एउटा खबर फैलिएको छ ।

भारतमा एक समाजसेवीले एक किलो पिठोको प्याकेटमा १५ हजार रुपैयाँ राखेर वितरण गरे । जुन खबरले खुबै चर्चा पाइरहेको छ । नेपाली सामाजिक सञ्जालमा समेत उक्त काम आमिर खानले गरेका हुन् भन्दै आमिरको प्रशंसा भइरहेको छ ।
तर, नायक आमिरले यो विषयमा स्पष्टीकरण दिएका छन् । उनले ट्विटरमा लेखेका छन्–‘म त्यो मानिस होइन, जसले पिठोको प्याकेटमा पैसा राखेर बाँडेको थियो । यो कि त पूर्ण रुपमा झूट खबर हो, कि रविन हुड आफूलाई सार्वजनिक गर्न चाहँदैनन् । धेरैधेरै माया छ ।’
नायक आमिर खानले लक डाउनपछि विभिन्न तरिकाले सेवा गरिरहेका छन् । सामाजिक कार्यको लागि सबैभन्दा अगाडि आउने नाम नै आमिर भएकाले उनको नाम जोडिएको हुन सक्छ।