Sunday, May 3, 2020

ऋषिका दुई सपना.....

ऋषि कपुरले आफ्नो ५० वर्षको सिनेमा करियरमा एक से एक शानदार सिनेमा गरे।
यसका लागि उनले सम्मानहरू पाएका छन्। राष्ट्रिय पुरस्कार र फिल्म फेयर जस्ता अवार्ड त उनले सिनेमा करियरको सुरुमै पाएका थिए।

यति हुँदाहुँदै पनि उनलाई एउटा कुराको भने सँधै दुःख नै भइरह्यो। सिनेमामा विशिष्ट योगदानका बाबजुत पद्मश्री नपाउनुको दुःख उनलाई थियो।

पद्मश्रीसँगै ऋषिको छोरा रणवीरको विवाह हेर्ने सपना पनि अधुरै रह्यो। उनलाई छोराको प्रशिद्धिमा ठूलो गर्व थियो।
'एउटा प्रशिद्ध बाबुको छोरा अनि एउटा प्रशिद्ध छोराको बाबु' भनेर उनले केही समय अगाडि ट्विट गरेका थिए।
उनलाई छोरा रणवीर र छोरी रिद्धिमासँग ठूलो लगाव थियो। जति नै व्यस्त भएपनि उनी परिवारका लागि समय निकाल्थे।
छोरीको विवाह त उनले सन् २००६ मा दिल्लीका भरत सहनीसँग धुमधामका साथ गरिदिएका थिए। पछिल्लो समय उनलाई छोराले पनि बिहे गर्दिए हुन्थ्यो भन्ने थियो। यसको खुलासा उनले एक अन्तरवार्तामा समेत गरेका थिए।
रहर भएपनि उनले छोरालाई विवाह गर्ने दबाब भने कहिल्यै दिएनन्।
पछिल्लो समय अभिनेत्री आलिया भट्टसँग छोराको निकटताका कारण उनमा छोराको विवाह हेर्ने इच्छा प्रवल हुँदै गएको थियो।
सन् २०१८ मा ऋषिको अमेरिकामा क्यान्सरको उपचार चल्दै गर्दा उनकी आमा कृष्णा कपुरको मृत्यु भएको थियो। त्यो समयलाई आलियाले एउटी बुहारीले झैं सम्हालेकी थिइन्।  
खबरका अनुसार 'ब्रम्हास्त्र'को सुटिङ पछि रणवीर र आलिया विवाह गर्ने सोचमा थिए। तर ऋषिको त्यो विवाह हेर्ने सपना अब कहिल्यै पूरा हुने छैन।

No comments:

Post a Comment