Wednesday, January 20, 2016

प्रमुख तीन दल र मधेसी मोर्चाको वार्ता भर्खरै सकिएको



प्रमुख तीन दल र मधेसी मोर्चाको वार्ता भर्खरै सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ताबाट निस्किने क्रममा फोरम अध्यक्ष उपेन्द्र यादवले कुनै सहमति नभएको बताउनुभयो ।


मधेसको माग सम्वोधन गर्न नसक्ने दावी पनि गर्नुभयो । उहाँले जनताका आधारभूत समस्या समाधान गर्न सरकार असफल रहेको आरोप पनि लगाउनुभयो । उहाँले सरकार र मोर्चाबीच चार महिना अघि बहस जहाँ थियो, अहिले पनि त्यहिँ नै रहेको प्रष्ट पार्नुभयो ।
मोर्चाले कार्यदलस्तरमा नभई शीर्षस्तरमा नै मात्रै वार्ता हुने बताएपछि प्रमुख तीन दल र मधेसी मोर्चाका शीर्ष नेताहरुवीच ११ बुँदे मागबारे आज छलफल भएको हो । वैठकमा प्रमुख तीन दल र मधेसी मोर्चाका शीर्ष नेताहरु सहभागी थिए ।


No comments:

Post a Comment