Tuesday, December 1, 2015

प्रचण्ड - पार्टीलाई एक नम्बर बनाउने


एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियामा आएपछि ६ टुक्रामा विभाजित भएपनि पार्टीलाई एक नम्बर बनाउने गरी राजनीतिक प्रतिवेदन केन्द्रीय समितिको बैठकमा पेश गरेका छन् ।

वरिष्ठ नेता डा. बाबुराम भट्टराई पक्षधर झण्डै दुई दर्जन नेताहरु पार्टीबाट बाहिरिएपछि पहिलो पटक बस्न लागेको बैठकमा प्रचण्डले पार्टीलाई एक नम्बर बनाउने राजनीतिक र सांगठानिक प्रतिवदन पेश गरेका हुन् ।



अध्यक्षले प्रतिवेदन पेश गरेपछि छलफल सुरु भएको एक केन्द्रीय सदस्यले भने, प्रचण्डले प्रत्येक बैठकमा पेश गर्ने राजनीतिक र सांगठनानिक प्रतिवेदन निकै राम्रो भएपनि कार्यान्वयन पक्ष फितलो भएको बताए ।


पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा पार्टीको कार्यभार र कार्यदिशाको बीचमा छलफल सुरु भएको छ । प्रचण्डले बैठकमा राजनीतिक र संगठनात्म विषयमा लिखित प्रतिवेदन पेश गरेका छन् । प्रचण्डले नयाँ संविधान कार्यान्वयन, मधेस आन्दोनलको समाधान, मोहन वैद्यसंग पार्टी एकताको प्रक्रिया र पार्टीलाई पुर्नसंरचना गर्ने विषयमा केन्द्रीत भएर प्रतिवेदन पेश गरिरहेको छन् ।


प्रचण्डको प्रतिवेदनले जनसंघर्षका कार्यक्रम, संगठनात्मक कार्यशैली र नयाँ ढंगले पुनर्गठनको आधारका लागि बहस उठान गर्ने गरी प्रतिवेदनमा उल्लेख गरेको ती केन्द्रीय सदस्यले बताए ।


##c&p

No comments:

Post a Comment